कुरा "विकास" को :-संदर्व सडकको,

कुरा "विकास" को :-संदर्व सडकको,

सायद 2016/17 सालको कुरा(2018 मा बनेको घरको मोहडा नयाँ प्रस्तावित सडक तिर पारी निर्मांण गरिएको छ), भवन विभागका दुई इंजिनियरहरुले, कालान्तरमा काठमाडौ, नयाँ-सडकको दुर्दसा हुने देखेर यसको लागि एउटा approach/outlet खोल्न योजना तयार गरेछनl सायद इन्द्रचोक र मरूटोल तिर वाट अप्ठ्यारो हुने हुनाले जुद्ध शमशेरको सालिक वाट दक्षिण गएको बाटोलाई extend गरी टेकु-त्रिपुरेश्वर सडकमा जोड्ने योजना बनाएका रहेछन l उ बेला भोटेबहाल स्याल कराउने फांट, खेतैखेत थियो।

योजना 2045/46 सालमा दुई मध्ये एक इंजिनियर (भवन विभागका डि. चि) वाट सुन्ने अवसर पाइयो र योजना पनि धेरै राम्रो/स्तरीयनै देख
ीन्थ्यो l
योजना अनुसार 4/5 घर अधिग्रहण गरी "खिढल" (सर्वजनिक ढल) माथि-माथि नयाँ बाटो खोल्ने र टेकु-त्रिपुरेश्वर सडकमा छिचोल्नेl यसवाट हुने प्रमुख फाइदा हरुमा नयाँ-सडक आवत-जावतमा सुविधा /नयाँ सडकको वजार विस्तार भोटे बहाल, टेकु त्रिपुरेश्वर हुदै कालिमाटी पुग्ने र भोटेबहाल क्षेत्रको योजनावद्ध विकास हुन सक्ने थिए l तर योजना कार्यान्वयन हुन सकेन l

योजना कार्यान्वयन हुन नसकेको कारण यस्तो बताउनु भएको थियो : - भोटेबहाल क्षेत्रको विकास हुने भएकोले वहांहरु खुसीको खवर सुनाऊन दरवारको उच्च ओहदामा कार्यरत भोटेबहालका ठालु कहां पुग्नु भएको र ठालु योजना सुनेर रिसाएका थिएरे र योजना तुहिएको कुरा सुनाउनु भएको थियो l

कुरोको चुरोके भने - काठमाण्डौ जस्तो ठाउँमा, शिक्षित व्यक्तिहरुलाई त विकासका कुरा बुझाउन गाह्रो छ भने ग्रामीण छेत्रमा त्यो भन्दा धेरै गाह्रो हुने स्वभाविक l यदि विकास चाहना राखिएको भए आज त्रिपुरेस्वर-नागढुंगा बाटोको यो दुर्दशा हुदैन थियो होला।पृथ्वीराजमार्गको रेखांकन भएनुसार :त्रिपुरेश्वर टेकु- ताहाचल बगैंचा- सोल्टी- सीतापाइला- महेशफाँट- धार्के बन्थ्यो होला। सोल्टीले approach road पाउँथ्यो, त्रिपुरेश्वर-टेकु- ताहाचल बगैंचा - सोल्टी - सीतापाइला - धार्के, बबरमहल सडक जतिकै चौडा हुन्थ्यो र high gradient धार्के - नौबिसे सडकमा सकीनसकी गाडी गुड्नु पर्दैन थियो होला।

त्यसैले योजना शसक्त हुनु पर्छ l कार्यान्वयन पनि राम्रो हुनु प-यो l शायद "योजना तथा अनुगमन" लाई चौंथो सम्वैधानिक अँग बनाउन सके विकासमा सुधार हुन सक्थ्यो कि.?



Comments

Popular Posts