" Load shedding र Run-off the River विद्युतगृह बाट उत्पादित विद्युत।"
* * * * * *
देशमा कुलेखानि छोडी सबै विद्युतगृहहरु Run-off the River किसिमका छन् । हिउँदमा नदीमा बहाव कम हुने हुनाले विद्युत उत्पादनमा कमी आउँछ, वैकल्पिक उपाय नभएमा Load-shedding गर्नु पर्ने अवस्था आउँछ । यो अवस्था आउनु भनेको विद्युत प्रणालीको realiability (भरोसा) घट्नु हो । विद्युत प्रणालीमा चौबीसै घण्टा/सातै दिन विद्युत उपलब्ध हुनुपर्छ ।

यो अवस्था आउनुमा विद्युत विकास विभाग जिम्मेवार छ, नेपाल विद्युत प्राधिकरण होइन । योजना बनाउने,विद्युत प्रणाली को reliability (भरोसा) कायम राख्ने किसिमको आयोजना पस्कन विद्युत विकास असक्षम देखिएकोले योजना आयोगको हस्तक्षेप जरुरि छ । आयोजनाको छनोट " योजना आयोग " बाट नै हुनु पर्छ।

Load Shedding घटाउने तरिका :

Run-off the river विद्युतगृहले बर्षातको समयमा उत्पादनगर्ने विद्युत, बर्ष भरि समान राख्न लगाउनका लागि, वैकल्पिक उत्पादनको जोहो सम्बन्धित कम्पनिलाई गर्न लगाउने।अहिले निजी क्षेत्रले " तर " जति आफूले खाइसकेपछि " छोक्रा " विद्युत प्रधिकरणलाई " खा र पैसापनि तैँ तिर " गर्ने विद्युत नीति सरकारले अगाडि सारेको छ ।

हिउँदमा उत्पादित विद्युतलाई के, कति र कुन आधारमा दुई गुणा मूल्य तिरिएको हो ? खोलामा पानी, के विद्युत प्राधिकरणले कम गरिदिएको हो या विद्युत प्राधिकरणका ग्राहक हरुले ???

विद्युत लागत पुनर्मुल्याङ्कण गरिनु पर्छ । निजी क्षेत्र यति बिध्न किन विद्युतमा लगानी गर्न तम्सिएका छन ? कहीं सरकारले " विद्युतलाई आधारभुत आबश्यकताको खाल ओढाई, विद्युत प्राधिकरण मार्फत सर्वसाधारणको शोषणगरि, निजी-क्षेत्र पोष्ने काम त गरेको छैन?" योजना आयोगको ध्यानाकर्षण गर्न चाहन्छु ।

" विकासलाई न्याय दिलाउँ,
शसक्त योजना दिगो विकास " (Jan 5,2016. Posted on facebook)

Comments

Popular Posts